आज ८३८ कोरोना संक्रमित थपिए, कुल ३० हजार ४८३ पुग्याे

कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र  ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।  

क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९  पीसीआर परीक्षणमा भएकाे थियाे । 

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बढ्दै आइसीयूमा विरामी
नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिरहेको बेलामा आइसीयूमा १३३ रहेर उपचार भइरहेको छ । त्यस्तै वागमती प्रदेशमा मात्रै १५ जना विरामी भेन्टिलेटरमा रहेका छन् ।- गोरखापत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार