सोलुखुम्बु । सोलुखुम्बुबाट एक जना गर्भवती र एक जना शिशुलाई उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
सोलुखुम्बुको फाप्लु अस्पतालमा उपचार हुन नसकेपछि सोलुदूधकुण्ड नगरपालिका–७ की गर्भवती महिला बिनिता लामिछाने र माप्यदूधकोशी गाउँपालिकाका एक नवजात शिशुलाई राष्ट्रपति महिला उद्दार कार्यक्रम मार्फत हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको फाप्लु अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
सोलुदूधकुण्ड नगरपालिका–७ की बिनिताको ३१ हप्ताको गर्भ रहेको र रगतमा समस्या देखिएको छ भने माप्यदूधकोशी गाउँपालिका वाकुकी बिनिता मगरले ३३ हप्तामा बच्चालाई जन्म दिएपछि नवजात शिशुमा श्वासप्रश्वास र कम्पन सम्बन्धी समस्या रहेको बताइएको छ ।
काठमाण्डौ लगिएकामध्ये शिशुको उपचार कान्ती बाल अस्पताल र गर्भवती महिलाको थापाथलीमा रहेको प्रसुती गृहमा उपचार भइरहेको जनाइएको छ ।