यूवा व्यवसायी उपाध्यायद्वारा प्रहरीलाई सहयोग


हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विगत लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका भानुभक्त उपाध्यायले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु भएको छ ।

मुलुक कोरोना भाइरस अर्थात कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला जनतासँग प्रत्यक्ष सम्पर्कमा रही अग्रभागमा खटिइरहेका प्रहरी कर्मचारीलाई तीन सय थान मास्क, आधा लिटरका १० थान स्यानिटाइजर तथा एक बट्टा (एक सय जोडी) पञ्जा प्रदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै उपाध्यायले प्रहरी जनताका लागि सधैँ खटिने भएकाले जनताकोतर्फबाट सानो सहयोग गरेको बताउनुभयो । यस्तो विपद्मा सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्दा राम्रो हुने भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक चौहानले यस्तो सहयोगले प्रहरीलाई सुरक्षित रहन मद्दत पुगेको र यसले प्रहरीको मनोबल उच्च बनाएको प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार