अध्यक्षमा तामाङ सर्वसम्मत

सोलुखुम्बु । सोलुदूधकुण्ड यूथ क्लबको अध्यक्षमा क्षितिज तामाङ सर्वसम्मत चयन हुनुभएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित क्लबको कार्यालयमा सम्पन्न अबिधेशनबाट तामाङसहित १३ सदस्सीय कार्यसमिति चयन भएको छ ।

क्लबको उपाध्यक्षमा सुरेश सोनाम (बारिस सोनाम), कोषाध्यक्षमा विनोद परियार, सचिबमा मदनश्रेष्ठ र सहसचिबमा श्यामध्वज राई चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले बताउनुभयो ।

उहाँका अनुसार तीन सदस्यपछि मनोनित गरिनेछ । समुदाय विकासका लागि काम गर्दै आएको क्लबको बैङ्क मौज्दात छ लाख ८९ हजार ९४२ रुपियाँ रहेको क्लबले जनाएको छ । पछिल्लो समय विभिन्न कार्यक्रम तथा विकास निर्माणका काममा अग्रस्थानमा रहेर काम गरिरहेको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार