काठमाडौंमा एकैदिन २९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज एकै दिन  २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ९९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार १  सय  २९ जनाको पिसीआर परिक्षणमा  ८ सय  ९९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

आजसम्म निको भई घर फर्कनेको सख्या  २१ हजार  ४ सय १०  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १९० जना र ललितपुरका ६७ जना र भक्तपुरका  ४१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३९ हजार   ४ सय ६० पुगेको छ ।-reportersnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार