काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको छ ।
उहाँलाई कोरोना सङ्क्रमण देखा परेको काठमाडाैँ महानगरपालिकाका प्रेस विज्ञ माेहन बास्ताेलाले बताउनुभयाे ।
दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।