मन्त्री डा. खतिवडाद्वारा पदबाट राजीनामा

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । याे जानकारी प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएकाे हाे ।

अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर  बिदाइ लिनुभयो । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएकाे थियाे ।

 उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताएपछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो । उहाँकाे राष्ट्रियसभा सदस्य पद छ महिनाअघि नै समाप्त भएकाे थियाे ।  – गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार