सन्तोष राउत/सोलुखुम्बु।
सोलुखुम्बु। सोलुखुम्बुमा विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा काम गर्दै आएको हिमालयन ट्रष्ट नेपालले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ।
ट्रष्टका जिल्ला संयोजक नरबहादुर भुजेलले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जनताको सुरक्षामा अग्र भागमा खटिने प्रहरीलाई यस्तो विषम परिस्थितिमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले विपद्को यस घडीमा ट्रष्टको सहयोगले दैनिक कार्य संचालनमा ठूलो सहयोग पुग्ने बताउनुभयो। सीमित स्रोत साधनबाट कार्यलय संचालन गर्नुपर्नेमा अहिलेको अवस्थामा सुरक्षित रुपमा जनताको सेवा गर्न सहज हुने उहाँको भनाइ छ।
फेस सिल्ड १० थान, थर्मलगन २ थान, स्यानिटाइजर २० लिटर, सर्जिकल मास्क ८०० थान सामग्री हस्तान्तरण गरिएको हो। सोलुखुम्बुका युवा व्यवसायी भानुभक्त उपाध्यायको समन्वयमा ट्रष्टले सामग्री उपलब्ध गराएको बताइएको छ।