सोलुखुम्बुका अति दुर्गम बस्तीमा खाद्यान्न वितरण

हिमशिखर समाचारदाता/सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वडा नं. ४ र ५ को माथिल्लो क्षेत्रका निम्चोला, पिँडाले, तिउ र सानम गाउँमा खाद्यान्न वितरण गरिएको छ । यी गाउँ सोलुखुम्बुकै अति दुर्गममा पर्दछन् ।

नेदरल्याण्डबाट सञ्चालित चोम लौरा संस्थाका अध्यक्ष स्थानीय तेम्बा शेर्पाको पहल तथा स्थानीय ङिमा शेर्पाको स्थानीय व्यवसथापनमा कोभिड १९ बाट प्रभावितहरुलाई राहत स्वरुप ३० किलो चामल, दाल, चिनी, चिया, थुक्पा, साबुन लगायतका सामग्री वितरण गरेको स्थानीय युवा दापासा शेर्पाले जानकारी दिनुभयो ।

स्थानीय शेर्पा तथा राई समुदायका करिब ४९ घर परिवारलाई राहत बितरण गरिएको हो । राहत पाएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । सदरमुकामबाट समेत निकै टाढा पर्ने ती गाउँमा अहिलेको अवस्थामा सामानलान समेत समस्या भएकाले सहयोग महत्वपूर्ण भएको उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार