प्रचण्डका घरबेटी कारबाहीमा

मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगरेका दुईवटा कम्पनि र तिनका सञ्चालक कारबाहीमा परेका छन् । आज कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खुमलटारस्थित निवासका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनिसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

दुवै कम्पनिहरुले मल आपूर्तिको ठेक्का सम्झौता गरेपनि समयमै मल नल्याएपछि किसानहरु मारमा परेका थिए । ठेक्का अनुसारको काम नगरेपछि सञ्चालकहरु समेतको रेकर्ड खराब भएको छ ।

शारदाप्रसाद अधिकारी निर्माण व्यवसायी पनि हुन् । उनले जिम्मा लिएको कतिपय विकास निर्माणको ठेक्का अलपत्र छ । अधिकारी र कोइरालामाथि चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुषालले कठोर कदम चालेका हुन् ।

यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएकाहरुमाथि कारबाहीको चेतावनी दिएका थिए । विप्लव नेकपाले हिजो प्रेस विज्ञप्तिमार्फत् शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालको नामै तोकेर कारबाहीको माग गर्दै सरकारले नगरे आफूहरुले गर्ने चेतावनी दिएको थियो । चौतर्फी कारबाहीको दबाब बढेपछि मन्त्री भुषालले आज कारबाही गरेका हुन् ।-file photo/ source : reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार