सोलुखुम्बु । सोलुखुम्बुमा १५ वर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ३० वर्षिय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
थुलुङदूधकोशी गाउँपालिका–८ देउसा मासपेमा बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका सरोज राईलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।