सोलुखुम्बु । नेपाली काङ्ग्रेस थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलद्वारा माध्यामिक शिक्षा परीक्षा (एसइई) उतिर्ण विद्यार्थीहरुलाइ सम्मान गरिएको छ ।
जिवनज्योती माध्यामिक विद्यलाय काँगेलबाट शैक्षिक सत्र २०७६ मा उतिर्ण २७ जना विद्यार्थीहरुलाई खादा र प्रमाण पत्रले एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको काङ्ग्रेस जिल्ला सदस्य नविन थापाले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलका सभापति सोमराज के.सी.को सभापतित्वमा भएको सम्मान कार्यक्रममा काङ्ग्रेसका जिल्ला तथा स्थानीयस्तरका नेता, डा. राजेन्द्र बस्नेत, नेपाल शिक्षक संघ प्रदेश सदस्य धन्दिराम राई तथा स्थानीय शिक्षकहरु लगायतले शुभकामना मन्तव्य मार्फत विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेको थिए ।