प्रधानमन्त्री ओलीले तीन मन्त्री थप्नसक्ने, क-कस्को सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल तत्काल पुर्नगठनको पक्षमा देखिएका छैनन् । उनले दशैंयता कुनै मन्त्रीलाई पनि नहटाउने बुझिएको छ । गत हप्ताको मन्त्रिपरिषद् बैठकमा उनले मन्त्रिमण्डल पुर्नगठन नहुने भन्दै ढुक्क भएर काम गर्ने बताएका थिए ।

ओलीले केही मन्त्रालयमा मन्त्री नभएकाले नयाँ नियुक्तिको तयारी गरेका छन् । अहिले अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । ती मन्त्रालयलमा नयाँ मन्त्री ल्याउने तयारी भएको छ ।

स्थायी कमिटी बैठकपछि ओलीले केही नयाँ मन्त्री नियुक्त गर्न सक्ने संकेत गरेका छन् । अर्थमा बामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको दाबी छ । ओलीले अर्थ आफैसँग राखेर निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सल्लाहकार राखेर मन्त्रालय चलाउने योजना समेत बनाएको बुझिएको छ ।

सञ्चारमा फेरि गोकुल बाँस्कोटालाई ल्याउने प्रयास भएको छ । बाँस्कोटाको अख्तियारमा उजुरी भएकाले चोख्याएर मन्त्री बनाउने प्रयास भएको हो । सञ्चारमा नेकपाका अन्य नेताहरुको पनि दाबी छ । शहरी विकासमा महेश बस्नेतलाई ल्याउने सम्भावना छ । किसान श्रेष्ठको पनि मन्त्रीमा दाबी छ ।

बामदेवलाई उपप्रधानमन्त्री बनाएमा नारायणकाजी श्रेष्ठलाई पनि बनाउन दबाब पर्न सक्छ । दुई उपप्रधानमन्त्री बनाउने पक्षमा ओली छैनन् । तर, पार्टीभित्र पकड बलियो बनाउने उनले यस्तो तयारी पनि गरेका छन् ।-reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार