सोलुखुम्बु । सोलुखुम्बुमा खोलमा बल्छी हानेर माछा मार्न गएका एक युवक बेपत्ता हुनुभएको छ ।
सोलुखुम्बु र रामेछाप सीमाना भई बग्ने रामेछापको उमाकुण्ड गाउँपालिका–१ बत्छी स्थित लिखुकोशीमा बल्छी हान्न गएका सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ का १८ बर्षिय पारस धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
माछा मार्न गएका धामी कोशीको बिचमा बल्छीको डोरी अड्किएपछि डोरी तान्न खोलामा छिर्दा खोलाले बगाएर सोमबार दिउँसो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।
बेपत्ताको लिखुपिकेमा रहेका प्रहरीहरुबाट खटिएको टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।