सोलुखुम्बुमा एक महिलामा कोरोना पुष्टि

सोलुखुम्बु। सोलुखुम्बुको फाप्लु स्थित क्वारेन्टीनमा रहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ दिन अघि सोलुखुम्बुको राष्ट्रिय बाणिज्य बैंकमा काम गर्नका लागि आएकी उदयपुरको चौदण्डीगढि नगरपालिकाकी २५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको फाप्लु अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।

उनीसहित भदौ १८ गतेफाप्लु क्वारेन्टीनमा बसेका, माप्यदुधकोशी गाउँपालिकाका कर्मचारी शिक्षक लगायत गरि ५८ जनाको स्वाब पिसिआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य परिक्षण प्रयोशाला टेकु पठाईएको थियो ।

जसमध्ये ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमित महिलालाई फाप्लु अस्पतालको आईसोलेसनमा राखेर उपचार गर्ने तयारी गरिएको छ । कोरोनाको कुनै पनि लक्षण नदेखिएकाले बाहिर लानुपर्ने अवस्था नरहेको शेर्पाको भनाई छ ।

स्वास्थ्यमा समस्या आएमा मात्रै बाहिर उपचारका लागि लैजाने जनाईएको छ । संक्रमित युवतिको ट्राभल हिस्ट्री अध्ययन गर्ने तयारी समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार