आज ६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

आज थप छ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिला र पाँच पुरुषको मृत्यु पुष्टि गरेको हो ।

मृत्यु हुनेहरुमा पाँच जना वृद्धवृद्धा छन् । एकजना ५४ वर्षीय पुरुष छन् । आज मृत्यु भएकाहरुमा काठमाडौंका दुईजना पनि छन् ।

यसैगरी, आजसमेत कुल मृतक संख्या ३ सय ६ पुगेको छ । जसमध्ये २ सय २२ पुरुष र ८४ महिला छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार