कोभिड आतङ्कका बीच अन्तर्राष्ट्रिय साक्षरता दिवस : कविता र निबन्ध प्रतियोगिता

सन्तोष राउत/सोलुखुम्बु । कोरोना कहरका बीचमा पनि सोलुखुम्बुमा विगतदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको रीड नेपालले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा कविता र निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

सदरमुकाम सल्लेरी रहेको हिमाल एफ.एम. को हलमा भएको प्रतियोगीतामा कवितातर्फ जिल्लाभरीका ५७ जना र निबन्धतर्फ १७८ जना विद्यार्थी सहभागी भएको रिड नेपालले जनाएको छ । शिक्षा र साक्षरताका विषयमा भएको कविता प्रतियोगितामा सिंहकाली माध्यमिक विद्यालय तिङलाकी सुष्मा बस्नेत प्रथम, गुदेल माध्यमिक विद्यालयका युमन खालिङ द्वितीय र थुलुङदूधकोशी गाउँपालिका नेलेकी सरिना बस्नेतले तृतीय स्थान हात पारेको भएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कविता प्रतियोगितामै विरेन्द्रोदय माध्यमिक विद्यालय मुक्लीकी दिव्या थुलुङ, महेन्द्रज्योती माध्यामिक विद्यालय चौरिखर्कका पासाङङिमा शेर्पा र सोलुदूधकुण्ड नगरपालिका–७ को गार्मा माध्यमिक विद्यालयका निर्मल कोइरालाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कक्षा ४ र ५ का बालबालिकाका बीचमा ‘शिक्षाको महत्व’ शिर्षकमा भएको निबन्ध प्रतियोगितामा हुँगा माध्यमिक विद्यालय सोताङका आशा राई प्रथम, सिंहकाली माध्यमिक विद्यालय तिङलाकी प्रियङ्का भट्टराई द्वितीय, शहिद नरनाथ आधारभुत विद्यालय नेचाका विशाल विश्वकर्मा तृतीय र रामपुर आधारभूत विद्यालय काँकुका सदिप राईले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यस्तै, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका बीचमा ‘सामाजिक विकृती न्यूनिकरणमा बाल क्लबको भूमिका’ शिर्षकमा भएको निबन्ध प्रतियोगितामा माप्यदूधकोशी गाउँपलिकाको चन्द्रोदय आधारभूत विद्यालयका सुक्रम राई प्रथम, दूधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लुका दोर्जी तामाङ द्वितीय, काँकु माध्यमिक विद्यालयका संगीना राई तृतीय र सिंहदेवी आधारभूत विद्यालय माप्यदूधकोशीका गाउँपलिकाका मूना राईले सान्त्वना स्थान प्राप्त गरेकाछन् ।

सोही अवसरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी बीच आयोजना गरिएको ‘कोरोना न्यूनिकरणमा आम समूदायको भूमिका’ शिर्षकमा गरिएको प्रतियोगितामा थुलुङदूधकोशी गाउँपालिकाको जीवनज्योती माध्यमिक विद्यालयका मनोजबाबु कार्की प्रथम, नेचासल्यान गाउँपालिकाको वीपी संस्कृत माध्यमिक विद्यालयका बर्षा निरौला द्वितीय, माप्यदूधकोशी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयका पे्रक्षा कटेल तृतीय र नेचासल्यान गाउँपालिकाको गणेश थान माध्यमिक विद्यालयका रेवती श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेको रीड नेपालले जनाएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गरेको छात्र छात्रालाई क्रमशः नगद तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपियाँका साथमा प्रमाण–पत्र प्रदान गरिने रीड नेपालले जनाएको छ । सहभागी विद्यार्थीलाई पनि सहभागितात्मक प्रमाण–पत्र प्रदान गरिने छ । कोरोना कहरका बीचमा आयोजित प्रतियोगितामा अपेक्षा गरिए भन्दा उल्लेख्य विद्यार्थीको सहभागिता रहेको संयोजक गिरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार