अब निषेधाज्ञा हट्ने

कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । रोकथामका अन्य उपाय अपनाएर बढ्ने गरी निषेधाज्ञा जारी नगर्ने भएको हो ।

निषेधाज्ञा र लकडाउने भोकमरी र अन्य समस्या बढ्ने खतरालाई दृष्टिगत गरी निषेधाज्ञा जारी नगर्ने भएको हो । दशैं र तिहार नजिकिदै गर्दा झन् समस्या बढ्ने भएकाले रोकथामका लागि भौतिक दुरी कायम गर्ने देखि पसल व्यवसाय निश्चित समयका लागि खोल्न दिने योजनासहितको तयारी भएको हो । आज नै यसबारे निर्णय हुने भएको छ ।

हिजो काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी गृह मन्त्रालयमा छलफल समेत गरेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेको संयुक्त बैठक बसी गृहमा सुझाव दिएका थिए । उनीहरुले जनप्रनितिनिधि लगायत सुरक्षासम्वद्ध अधिकारीहरुको सुझावका आधारमा निष्कर्ष निकालेको बुझिएको छ । सिडिओहरुबीच नै निषेधाज्ञा खुकुलो बनाउने या नलगाउने विषयमा फरक मत देखिएको विश्वस्त स्रोतले बताएको छ ।

आज मध्यरातबाट निषेधाज्ञाको अवधि सकिदैछ । त्यसका लागि थप्ने कि नथप्नेबारे छलफल भएको हो । कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा जारी गरिएपनि भोकमरीको खतरा बढेको छ । रोगले भन्दा भोकले मृत्यु हुने भन्दै सर्वत्र निषेधाज्ञा खोल्न दबाब बढ्न थालेको छ ।-reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार