नयाँ १४५९ जना सङ्क्रमितसहित ५६ हजार ७८८ पुग्याे

नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ६१ हजार ७८० वटा परीक्षण भएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार  ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ

आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० जना छन् ।

 ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।- गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार