नेपाल शेर्पा संघ महाकुलुङ पुनः गठन

सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल शेर्पा संघ पुनर्गठन भएको छ। नेपाल शेर्पा संघका केन्द्रिय सदस्य कामीङिमा शेर्पाको उपस्थितिमा नेपाल शेर्पा संघ महाकुलुङ पुनर्गठन भएको स्थानीय युवा दापासा शेर्पाले जानकारी दिनुभयो।

छेस्कामका पासाङछिरी शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा गुदेल तिउका दावा देन्डी शेर्पा, महासचिवमा निम्चोलाका निमा शेर्पा, सचिवमा खिरौलेका पसी शेर्पा, सह सचिवमा निम्चोलाका पासाङ्गल्हामु शेर्पा, कोषाध्यक्षमा किपुटी शेर्पा चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरुमा टेण्डी शेर्पा, पासाङ्ग दावा शेर्पा, दोर्चिमा शेर्पा, छिरिङ्ग दोर्जी शेर्पा, नुरु शेर्पा, साङ्गे शेर्पा, लक्की शेर्पा चयन हुनुभएको छ।

सोही अवसरमा नव गठित कार्यसमितिले नुरु शेर्पा, कामी शेर्पा, फुरा ल्हाकपा शेर्पा, ओङ्दी शेर्पा, दापासा शेर्पा, निमा देण्डि शेर्पा, ढेण्डी शेर्पालाई सल्लाहकार समितिमा चयन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार