एक सातदेखि बेपत्ता सोलुखुम्बुका युवक अझै फेला परेनन्

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका नौ दिनदेखि बेपत्ता एक युवक अझै फेला परेका छैनन् । भदौ २४ गते रातीदेखि हराएका ३० बर्षिय महेश बस्नेत हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा काठ बोक्न हिडेका बस्नेत त्यसयता घर गएका थिएनन् । भदौ २४ गते राती बस्नेतले सोलु खोलाबाट माछा मारेर ल्याई साल्मेका दिनेश भुजेलको घरमा खाएपछि राती उठेर हिडेपछि नफर्केको बताइएको छ ।

सँगै सुतेको साथी बिहान उठेर हेर्दा साथमा नभएको दिनेश भुजेलको भनाइ छ । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कसैले देखेमा प्रहरी तथा स्थानीयलाई खबर गर्न परिवारले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार