थुलुङदूधकोशी गाउँपालिकाको प्रवक्तामा राई

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी भुपालसिं राईलाई दिइएको हो । बिहीबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ९ का अध्यक्ष राई लाई प्रवक्ता तोकेको हो ।

यसअघि वडा नम्बर ६ का अध्यक्ष फुर्तिमान तामाङ प्रवक्ताको रुपमा हुनुुहुन्थ्यो । शुरुमा छ/छ महिनामा प्रवक्ता परिवर्तन गर्ने भनिए पनि तामाङलाई नै हालसम्म प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हाल तामाङ आफैँले आफ्नो स्वास्थ्य तथा कार्य व्यस्तताका कारण जिम्मेवारी परिवर्तन गर्न आग्रह गरेपछि कार्यपालिका बैठकले जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार