सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङबाट शिशु सहित सुत्केरीको उद्धार गरी राजधानीको अस्पतालमा लगिएको छ । महाकुलुङ प्राथमिक अस्पताल बुङमा सुत्केरी गराउनुभएकी स्थानीय वासुविर राईको श्रीमती सम्झना कुलुङ र शिशुको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लागेर भई लामो समयसम्म पनि बच्चा जन्माउन नसकेको र बच्चाले आमाको पेटमा छँदानै दिशा खाएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाण्डौ रिफर गरिएको महाकुलुङ प्राथमिक अस्पताल, बुङले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत नेपाली सेनाको हेलिकप्टरमार्फत आमा र शिशुलाई काठमाण्डौको थापाथली प्रसुती गृहमा लगिएको बताइएको छ ।
स्वास्थ्य केन्द्रले यसअघिनै काठमाण्डौ रेफर गरेपनि मौसम प्रतिकुलताले हेलिकप्टर आउन नसक्दा महाकुलुङ प्राथमिक अस्पतालमा नै प्रसुती गराइएको थियोे ।