काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले कम्यूनिष्ट प्रतिपक्ष हुँदा जस्तो तोडफोड गर्दैन : काङ्ग्रेस नेता शेर्पा (भिडियो)

सोलुखुम्बु । नेपाली काङ्ग्रेसका युवा नेता आङगेलु शेर्पाले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले कम्यूनिष्ट प्रतिपक्ष हुँदा जस्तो रेलिङ भाँच्ने, संसद भवनभित्र तोडफोड गर्ने जस्ता अराजक शैलीमा प्रतिपक्षको भूमिका नगरेकाले प्रतिपक्ष कमजोर जस्तो देखिएको बताउनुभयो ।

राजधानीमा सञ्चालित योहो टेलिभिजनमा भएको योहो बहसमा पत्रकार जीवराम भण्डारीसँग कुराकानी गर्दै सोलुखुम्बुका पुर्व पार्टी सभापति समेत रहनुभएका नेता शेर्पाले काङ्ग्रेसले शालिनतापूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गर्नुभयो । काङ्ग्रेसले सरकारलाई पूर्ण रुपमा सहयोग गरी सहज तरिकाले काम गर्न दिएको र कोरोनाका कारण शान्तिपूर्ण रुपमा सडकबाट दबाब दिन नमिलेको भन्दै जनताले चाहेअनुसारको भूमिका नभएको घुमाउरो तरिकाले स्किार्नुभयो ।

शर्पाले पछिल्लो समय भएको मिनीजनमत सङ्ग्रहका रुपमा हेरिने उपनिर्वाचनको नतिजाले नेकपा सरकारप्रति जनताको विश्वास घट्दै गएको प्रष्ट देखिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तत्कालीन गठबन्धनले निर्वाचनताका जनतालाई देखाएको आशा निराशामा बद्लिँदै गएको उहाँको आरोप छ ।

काङ्ग्रेसले भूकम्पलगायत विपद्का बेला जनतालाई प्रभावकारी सहयोग गरेका स्मरण गराउँदै अहिलेको सरकारले कोरोना कहरको यो समयमा करिब छ महिना भन्दा बढी सत्ता स्वार्थमा झगडा गर्दागर्दै जनतालाई कुनै सहयोग गर्न नसकेको आरोप लगाउनुभयो । जनतालाई घरमा थुनेर पार्टीको कलहमा व्यस्त भएकाले सयौँ जनता रोगले भन्दा भोकले मरिरहेको उहाँको भनाइ छ ।

अर्को प्रसङ्गमा एजेण्डाका रुपमा नभई प्रतिक्रियाका रुपमा आएका कुराले राजनीतिमा धेरै फरक नपार्ने भन्दै हिन्दुराष्ट्रका विषयमा पार्टीका नेताहरुले उठाएको कुरालाई नेकपाका शिर्ष नेताहरुले मदरमुनको कार्यक्रममा होली वाइन खाएर मुलुकमा क्रिश्चियानिटी भित्र्याउन सक्ने आँकलन सहित आएको प्रतिक्रिया भएको प्रष्ट पार्नुभयो ।

पार्टीको महाधिवेसनलाई अहिलेको कोभिड १९ ले असर गर्ने भन्दै सामाजिक, आर्थिक, राजनीतिलगायतका विषयमा भावी दृष्टिकोण तथा सभापति भएपछि पार्टीलाई कसरी परिवर्तन गर्ने भन्ने कुराका आधारमा सभापति चयन हुनुपर्ने उहाँको धाराणा छ ।

सरकारको विषय तथा काङ्ग्रेसको आन्तरिक अवस्थाको विषयमा अन्तरवार्ता मार्फत भिडियोमा हेर्नुस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार