काङ्ग्रेस सम्पर्क समितिको निषेधाज्ञामा आधा दर्जन बिरामीलाई सहयोग

सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बु काठ्माण्डौ सम्पर्क समितिले केही दिनअघिसम्म भएको निषेधाज्ञामा सोलुखुम्बुका पाँच जना बिरामीलाई कपिरब ४० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

सोलुखुम्बु जिल्लाबाट राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग गरेको समितिका सभापति गोकर्ण बस्नेतले जानकारी दिनुभयो ।

थुलुङदुधकोशी गाउँपालिकाका बलबहादुर राई र पुष्पा राईलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो भने सोही गाउँपालिकाका विपन्न परिवारलाई पनि सहयोग परिएको उहाँले बताउनुभयो ।

त्यस्तै, काठमाण्डौको हेल्पिङ ह्यान्डस अस्पतालमा उपचाररत सोताङका पर्व राई र वीर अस्पतालमा उपचाररत नेचासल्यान गाउँपालिकाका सरिता निरौलालाई पनि आर्थिक सहयोग गरेको छ । समितिका अध्यक्षले लकडाउनका समयमा पनि एक हजार बढी विपन्न परिवारलाई खाद्यान्न लगायत सामग्री वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार