सोलुखुम्बुका तीन जना राष्ट्रपतिबाट विभूषित

सन्तोष राउत/ सोलुखुम्बु । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने सोलुखुम्बुका तीन जनाको नाम सार्वजनिक भएको छ ।

सरकारले यस अवसरमा साढे पाँच सय भन्दा बढीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सम्मान गर्ने गरी सार्वजनिक गरेको सूचीमा राष्ट्रिय जीवनमा ख्याती प्राप्त व्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समाजसेवीहरु परेका छन् ।

आगामी वर्षको संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुने प्रबल जनसेवाश्री (चतुर्थ) बाट खुम्बुपासाङल्हमू गाउँपालिका–५ नाम्चेका समाजसेवी कान्छा शेर्पा, जिल्ला अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सानी शेर्पा र सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईको नाम सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार