टाप्टिङका एक सय परिवारलाई राहत

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका एक सय परिवारलाई राहत वितरण गरिएको छ । नेपाल तरुण दलको पहलमा कोरोना कहरबाट प्रभावित टाप्टिङ सय विपन्न परिवारलाई राहत स्वरुप चामल वितरण गरिएको हो ।

कांग्रेस नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले टाप्टिङका कोरोना कहरबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो ।

वितरण कार्यक्रममानगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्य गान्धीमाया तामाङ लगायतका कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तरुण दलको वडा समिति गठन

सोही अवसरमा नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ । सो वडाका वडा काजी शेर्पा अध्यक्ष र होमबहादुर मगर उपाध्यक्ष रहने गरी ५१ सदस्सीय तरुण दल वडा समिति गठन गरिएको हो ।

सोही कार्यक्रममा फतान्जेका नेकपाका नेता होमबहादुर मगर पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार