थुलुङदूधकोशी गाउँपालिकामा पाँच बेडको आकस्मिक अस्पताल

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको मुक्लीमा पाँच बेडको आकस्मिक अस्पताल निर्माण हुने भएको छ ।

गाउँ कार्यापालिकाको बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गाउँपालिकाको संयुक्त आर्थिक व्यवस्थापनमा मुक्लीमा आकस्मिक अस्पताल निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले अस्पताल निर्माणको काम तत्काल काम शुरु गर्ने अध्यक्ष राईले बताउनुभयो । १० लाख रुपियाँको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।

बैठकले माटो र प्रकृति सुहाउँदो खेतीका लागि वडा नम्बर ४ जुबुलाई गहुँ, वडा नम्बर २ कांगेललाई बाख्रा र वडा नम्बर ८ देउसालाई तोरी पकेट क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, कृषि क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाले अध्यक्ष असिम राईको अध्यक्षतामा ७ सदस्सीय कृषि व्यवसाय प्रबद्र्धन समिति समेत गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार