वन्यजन्तु धपाउने उपकरणको प्रभावकारिताले माग बढायो

हिमशिखर/सोलुखुम्बु । वन्यजन्तुले बालीनाली सखाप पार्ने तथा मानवीय क्षतिको समेत सामना गर्दै आएका सोलुखुम्बुका कृषकलाई ७५ थान वन्यजन्तु धपाउने यन्त्र वितरण गरिएको छ ।

निकै परिश्रम खर्च गरेर लगाएको वर्षदिन खाने खेती वन्यजन्तुले क्षति गरेपछि हैरानी खेप्दै आएका कृषकहरुलाई पछिल्लो पटक फेरी डिभिजन वन कार्यालय सोलुखुम्बुले उपकरण वितरण गरेको हो ।

कार्यालयले यसअघि राष्ट्रिय आविस्कार केन्द्रबाट खरिद गरी ल्याएको शुरुमा १० थान भालु तथा बाँदर धपाउन प्रयोग गरिने उपकरण वितरण गरेपछि किसानले त्यसको प्रभावकारिताका आधारमा माग गर्न थालेपछि पुनः वितरण गरेको जनाएको छ । यसपटक डिभिजन वन कार्यालय सोलखुुम्बुको आर्थिक व्यवस्थापन र सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङमारदोर्जी शेर्पाको प्राविधिक सहयोगमा वन्यजन्तु धपाउने उपकरण स्थानीयस्तरमा निर्माण गरी वितरण गरिएको हो ।

केही दिन अघि मात्रै भालुको आक्रमणबाट मानवीय क्षति व्यर्होनुपरेको महाकुलुङ गाउँपालिकाका कृषकलाई १० थान, टाक्सिन्दुलाई १० थान, नेचासल्यान गाउँपालिकाका कृषकलाई १० थान र सल्लेरी आसपासका कृषकलाई समेत वितरण गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । विगतका वर्षमा भालुले मकै खाएर चिन्तित् बनाएको भएपनि यो वर्ष क्षति कम भएको छ । यन्त्र पड्काउदा भालु तर्सिएर भाग्ने भएकाले क्षति कम भएको सल्लेरीका कृषक कर्ण बहादुर बस्नेतले बताए ।

विगतका वर्षमा भालुले मकै खाएर चिन्तित् बनाएको भएपनि यो वर्ष क्षति कम भएको छ । यन्त्र पड्काउदा भालु तर्सिएर भाग्ने भएकाले क्षति कम भएको सल्लेरीका कृषक कर्ण बहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार