वडा अध्यक्ष तामाङको मृत्यू

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–५ का वडा अध्यक्ष निमराज तामाङको मङ्गलबार बिहान ९ बजे करेन्ट लागेर मृत्यू भएको छ ।

सदरमुकाम सल्लेरीको आफ्नै घर नजिक रहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनमा हातमा बोकेको रडले छुँदा साढे आठ बजे करेन्ट लागेर भुँइमा खस्नुभएको हो ।

गम्भिर घाइते भएका अध्यक्षको उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

३९ वर्षिय तामाङ उहाँ तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको शबलाई पोष्टमार्टपछि परिवारलाई जिम्मा लगाइने प्रहरी जनाएको छ । तामाङको पार्थिव शरिरलाई श्रद्धाञ्जली व्यक्त गर्न नेकपालगायत विभिन्न पार्टीका नेता तथा स्थानीय आफन्त, शुभचिन्तक अस्पताल पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार