बैदेशिक रोजगार बोर्ड र रेडियो नेपालबीच सम्झौता

काठमाडौं। बैदेशिक राजेगारमा जाने श्रमिकहरुसमक्ष सही जानकारी र सूचना पुर्याउने उद्देश्यले बैदेशिक रोजगार बोर्ड र रेडियो नेपालबीच आज सम्झौता भएको छ । सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रत्येक विहिबार रेडियो नेपालको विहान ७ बजेको समाचारपछि बैदेशिक रोजगार कार्यक्रम प्रसारण हुनेछ ।रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र प्रदेश नम्बर २ को बर्दीबासबाट समेत मैथली भाषामा सो कार्यक्रम प्रसारण हुनेछ ।सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कार्यक्रममार्फत बोर्डले राखेको अपेक्षा अनुसार लक्षित बर्गसम्म प्रभावकारी सूचना प्रवाह गरिने विश्वास व्यक्त गर्नुभयो ।

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बोर्ड बैदेशिक रोजगारमा जाने कामदारको हितमा क्रियाशील रहेकोले उनीहरुका परिवारसम्म कार्यक्रममार्फत सही सूचना र जानकारी पुग्ने विश्वास व्यक्त गर्नुभयो ।-रेडियो नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार