एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४

नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १७२ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेकाे छ ।

हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय  छ । आइसोलेसनमा कुल १७ हजार ४१४ पुगेको छ । क्वारेन्टिनमा सात हजार १०४ जना छन् ।

पछिल्लो चौबीस घण्टामा ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे छ । – गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार