मेयरलाई कोरोना संक्रमण पुष्टि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।

उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो मेयर महर्जन टाउको दुख्ने समस्या भएपछि पाटन अस्पताल परीक्षण गर्दा आज कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको हो । उहाँ अहिले होम आइसोलेसनमा बस्नु भएको प्रवक्ता महर्जनले बताउनुभयो ।-गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार