१३१३ सङ्क्रमित, १४५५ कोरोनामुक्त, ६ को मृत्यु

नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । 

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।

चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

आइसोलेसनमा कुल १८ हजार २८९ पुगेको छ । होम आइसोलेसनमा दश जार ५२ सहित १८ हजार २८९ जनामा संक्रमितहरु आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा छ हजार ४६४ जना छन् ।

६ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ । हिजाे सबैभन्दा बढी नेपालमा १७ जनाकाे संक्रमितको मृत्यु भएको थियाे ।  याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५९ पुगेकाे छ । – गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार