१२०७ सङ्क्रमित, कुल ७१ हजार ८२१, कडा बिरामी बढ्दै, ८ जनाको मृत्यु

नेपालमा कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ ह्जार ८२१ पुगेको छ । 
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।

आधा सङ्क्रमित उपत्यकामा

यसैबीच राससका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन् । कूल १० हजार १९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमिते सङ्ख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमिते आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन् । उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमिते संख्या ५०० बढी छ । मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७र१७, डोटी र सिन्धुलीमा १५र१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०र१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सातरसात, रोल्पा र रौटहटमा छरछ, दार्चुला, प्यूठान र गुल्मीमा पाँचरपाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चाररचार, पाल्पा, कपिलवस्तु र गोरखामा तीनरतीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुईरदुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एकरएक सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३।८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।

मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन् । छ हजार ३३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

जटिल बिरामी बढ्दै

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमिते सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

आठको मृत्यु

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमिते ०।६५ प्रतिशतको ज्यान गएको छ ।

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार