यूनियन लाइफ इन्स्योरेन्स सोलुखुम्बुद्वारा अभिकर्ता सम्मानित

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुमा केही समय यता क्षेत्र विस्तार गरी काम गरिरहेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु शाखाबाट अभिकर्ता भई राम्रो काम गर्ने अभिकर्तालाई सम्मान गरेको छ।

शनिबार सदरमुकाम सल्लेरीमा आयोजित सम्मान तथा तालिम कार्यक्रमका अवसरमा तीन जनालाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा सोमा तामाङ, रबिन तामाङ र विक्रम राई रहनु भएको छ। उहाँहरूले छोटो समयमा धेरै प्रिमियम संकलन गरेको शाखा प्रबन्धक भानुभक्त उपाध्यायले जानकारी दिनुभयो।

कार्यक्रममा नयाँ तथा पुराना अभिकर्तालाई विमाका बिषयमा जानकारी गराइएको छ। शाखा प्रबन्धक उपाध्याय र कम्प्युटर सहायक केदार बस्नेतले बिमा सम्बन्धी विविध विषयमा सहजीकरण गर्नुभएको थियो।

भर्खरै चार वर्षमा प्रवेश गरेको कम्पनीले विश्व विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको समयमा पनि बर्षौदेखि स्थापित कम्पनील पछि पार्दै तेस्रो स्थानमा रहेको छ। पछिल्लो समयमा सोलुखुम्बुमा सेवा विस्तार गरेको कम्पनीले प्रभावकारी काम गरिरहेको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार