वडा अध्यक्षको परिवारलाई २० लाख मृत्यू दाबी भुक्तानी हस्तान्तरण

सन्तोष राउत/सोलुखुम्बु । एक साता अघि मृत्यू हुनुभएका सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–५ का वडा अध्यक्ष निमराज तामाङको परिवारलाई बीमा कम्पनीले मृत्यू दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

आफ्नै घर परिसरमा रहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनमा करेन्ट लागेर मृत्यू हुनुभएका तामाङलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको श्रीमती सीताकुमारी तामाङलाई मृत्यू दाबी रकम प्रदान गरेको हो ।

बीमा कम्पनीको सोलुखुम्बु शाखा प्रबन्धक प्रकाश कार्कीले मृतकले एक वर्षअघि मात्र १० लाख रुपियाँको दोहोरो दुर्घटना लाभको बीमा गरेकाले मृत्यू पश्चात हाल परिवारलाई २० लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिएको बताउनुभयो ।

उक्त रकमको चेक सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति संयोजक विरकुमार राई, उपसंयोजक धर्म वन, नेकपा सोलुका अध्यक्ष मानविर राईलगायतको उपस्थिती रहेको थियो ।

३९ वर्षिय तामाङ तत्कालीन एमालेबाट गएको स्थानीय तहको निार्वचनमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार