उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक माबोहाङ

सन्तोष राउत/सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट भदौ महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक अनिल माबोहाङ छनोट हुनुभएको छ।

इलाका प्रहरी कार्यालय सोताङको इन्चार्जको रुपमा कार्यरत माबोहाङले विभागीय मुल्य मान्यता, निर्देशनको पालना गर्दै व्यवसायिक, कर्तव्यनिष्ठ लगनशील तवरले उच्च मनोवलका साथ शान्ति सुरक्षा तथा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै छनोट गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

शान्ति सुरक्षा कायम गर्ने क्रममा महत्वपूर्ण विभिन्न घटनाहरुमा सफलता प्राप्त गरी संगठनको गरिमा बढाउन गरेको प्रशंसनीय कार्य सम्पादनको मूल्याङ्कनको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार