१९११ थपिए सङ्क्रमित, कुल ८० हजार नजिक

नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ । हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार