थुलुङदूधकोशीमा बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणको गर्ने भएको छ । सरकारले प्रदान गर्ने सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन मुक्ली र नेलेमा रहेको लक्ष्मी बैङ्कमा खाता खोल्नका लागि सम्बन्धित सबैमा आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चार महिनाको भत्ता वितरण बैङ्किङ प्रणालीबाट गर्ने तयारी स्वरुप सबैलाई सूचित गरेको छ । दूधकोशीपारीका जुबु र लोखिमका वृद्ध, असाहयका लागि लक्ष्मी बैङ्कसँग सहकार्य गरेर टोलटोलमा बैङ्किङ शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने विषयमा छलफल भइरहेको गाउँपालिकाका प्रवक्ता भूपालसिं राईले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रअनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाउने निधो गरेको प्रवक्ता राई बताउनुभयो । यसले राज्यको एक व्यक्ति, एक बैङ्क खाता अभियानलाई समेत सहयोग पु¥याउँदै आर्थिक पारदर्शीतामा समेत टेवा पु¥याउने उहाँको भनाइ छ ।

प्रवक्ता राईकाअनुसार वडा नं. ४ र ५ जुबु र वडा नं. ९ लोखिमका लागि सुकेपोखरीमा लक्ष्मी बैङ्ककै शाखा स्थापना गर्ने विषयमा पनि छलफल अघि बढाइएको छ । सुकेपोखरीबाट पनि बैङ्किङ सेवा शुरु भए दुधकोशीपारीका तीन वडाका नागरिकले सहज रुपमा बैङ्किङ सुविधा लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार