दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु(याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए। ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुप¥यो, लक्षण भएकाको निःशुल्क गर्नुप(यो,’ उनले भने।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ।

आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने। उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क रहेको आजको नागरिक दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार