नेकपा सोलुखुम्बुका विभिन्न विभाग गठन

सोलखुम्बु । नेपाल कम्युनिष्ट पार्टी नेकपा सोलखुुम्बुले पार्टीको कामलाई व्यवस्थित बनाउन पार्टीको विधान बमोजिम विभिन्न विभाग गठन गरेको छ । जसअन्तरगत संगठन विभाग प्रमुखमा हर्कबहादुर राई र उपप्रमुखमा गौरव राई, स्कुल विभाग प्रमुखमा महेन्द्र राई र उपप्रमुखमा धर्मध्वज खत्री, स्थानीय तह विभाग प्रमुखमा जुद्धबहादुर कार्की र उपप्रमुखमा आस कुमार राई रहनुभएको छ ।

आर्थिक विभाग प्रमुखमा रामकाजी श्रेष्ठ र उपप्रमुखमा रिमा कुलुङ, प्रचार विभाग प्रमुखमा प्रकाश राई र उपप्रमुखमा गोपाल घिमिरे, भौतिक पुर्वाधार प्रमुखमा डिल्ली राई र उपप्रमुखमा ललित राई, जलश्रोत तथा उर्जा प्रमुखमा असिम राई र उपप्रमुखमा नन्दराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।

युवा तथा खेलकुद विभाग प्रमुखमा डिबि रानापाल र उपप्रमुखमा प्रवेश किराँती, निर्वाचन प्रमुखमा केशब खड्का र उपप्रमुखमा जुनितामाया मगर, विज्ञान तथा प्रविधि प्रमुखमा रोहित बास्तोला र उपप्रमुखमा मनिकुमार तामाङले जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै, कानुन तथा न्याय प्रमुखमा हिमाल गिरी र उपप्रमुखमा सरस्वती कुलुङ, वन तथा वातावरण प्रमुखमा मोहनकुमारी कार्की, सहकारी विभाग प्रमुखमा पोष्टकुमार कार्की, खानेपानी तथा सरसफाई प्रमुखमा बुद्धिकिरण राई, स्वास्थ्य विभाग प्रमुखमा पुष्पबाबु बस्नेतलाई चयन जिम्मेवारी दिइएको नेकपा सोलुखुम्बुले जनाएको छ ।

बैठकले जनवर्गीय संगठनको युवा इन्चार्जमा वीरउदास श्रेष्ठ, महिला इन्चार्जमा कल्पना राई, विद्यार्थी इन्चार्जमा रामबहादुर राई, जनसांस्कृतिक इन्चार्जमा गणेशकुमार राई र किसान इन्चार्जमा नरेन्द्रबहादुर राईलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार