सोलुखुम्बु । नेपाली काङ्ग्रेसका नेता आङगेलु शेर्पाले दुई तिहाई नजिकको सरकारले कम्यूनिष्ट आचारण बिर्सेको आरोप लागाउनुभयो । देस ठेक्कामा पाएको जस्तो गरी मुलुकको वर्तमान अवस्था, आवश्यकता, वास्तविकता तथा जनभावना विपरित काम गर्न सरकार उद्दत रहेको उहाँको भनाइ छ ।
सोलुखुम्बुका पूर्व सभापति शेर्पाले प्राइम टाइम टेलिभिजनको एक अन्तरवार्ता कार्यक्रममा बोल्दै मुलुक आर्थिक रुपमा धराशायी भइरहेको अवस्थामा पनि सरकार आफ्नो पार्टीको व्यवस्थापनमा मात्र रुमलिएको बताउनुभयो ।
काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्रको छलफललाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । नेपालमा भएका हरेक विकास निर्माणको जग काङ्ग्रेसका पालामा भएको दाबी गर्दै शेर्पाले राजनीतिक पार्टी भनेको महत्वकांक्षीहरुको जमघट भएकाले सबैले आफ्नो इच्छाअनुसार प्रस्तुत हुने कुरा सामान्य भएको उहाँको भनाइ छ ।
भिडियो हेर्नुहोस्