सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यालयहरुलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ।
कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थर्मल गन र मास्क मेयर नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईले संयुक्त रुपमा प्रदान गर्नु भएको हो।
सामग्री हस्तान्तरण गर्दै मेयर शेर्पाले विद्यालयमा सजकता अपनाउन आग्रह गर्नुभयो। उहाँले शिक्षक तथा विधार्थीको नमुना पिसिआर परीक्षण गर्ने बताउनुभयो।सदरमुकाम सल्लेरीमा विद्यालयहरुका प्रधानाध्यापकलाई विद्यार्थी संख्याअनुसार मास्क दिइएको छ भने प्रत्येक विद्यालयलाई एक थान थर्मल गन दिइएको छ। अधिक संख्यामा विद्यार्थी भएका माध्यमिक विद्यालयमा २ वटा थर्मल गन दिइएको छ।
नगरपालिकाभरी ६२ विद्यालय रहेकोमा पहिलो चरणमा १९ विद्यालयलाई सामग्री वितरण गरिएको छ। दोस्रो चरणको पनि केही दिनमै वितरण गर्ने स्वास्थ्य संयोजक चमर मगर जानकारी दिनुभयो।