तरुण दल तिङलाद्धारा खेलकुदका सामाग्री वितरण

सोलुखुम्बु। नेपाल तरुण दल सोलुदूधकुण्ड नगरपालिका ११ तिङलाले तरुण तथा नेपाल विद्यार्थी संघमा आबद्ध खेलाडी र विभिन्न १३ यूवा क्लबका यूवाहरुलाई खेलकुदका सामाग्री वितरण गरेको छ ।

तरुण दलका सभापति फुर्वा शेर्पाको अध्यक्षतामा आज तिङलामै आयोजित एक कार्यक्रममा वडाका १३ वटा क्लबलाई नगर प्रमुख नाम्गेलजाङबु शेर्पाको करिब २ लाखको सहयोगमा खरिद खेलकुद सम्बन्धि सामाग्री वितरण गरिएको हो ।

विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधिलाई भलिबल, नेट, पम्प, ब्याटमिन्टनका सामाग्री वितरण गरिएको हो । खेलकुद सामग्री पाएपछि क्लबका प्रमुख तथा प्रतिनिधि खुशी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार