सोलुखुम्बुमा १२ जनामा कोरोना पुष्टि


सोलुखुम्बु। सोलुखुम्बुका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखोलामा निर्माणाधीन ८२ मेगावटको तल्लो सोलु हाईड्रोपावरमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो।

यस अघि १ जनामा संक्रमण देखिएकोमा २७ गते पठाइएको स्वाब परीक्षणबाट ११ जनामा थप संक्रमण पुष्टि भएको हो। जसमा सोलुखुम्बुका तीन जना र अन्य  बाहिर जिल्लाका रहेका छन्। यसमा १ जना महिला र अरु सबै पुरुष रहेका छन्।

उनीहरुको गत असोज २७ गते स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाईएकोमा शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।

सोलुखुम्बुका संक्रमितलाई जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा राखिएको छ भने अन्यलाई होटल आईसोलेसनमा राखिएको बताइएको छ। अधिकांसमा कोरोनाको लक्षण देखिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार