सोलुखुम्बु। सोलुखुम्बुमा भालुको आक्रमणबाट दुईव् जना गम्भिर घाइते भएका छन् । शुक्रबार दिउँसो करिब दुई बजे भालुको आक्रमणबाट सोलुदूधकुण्ड नगरपालिका–११ तिङला पेकरनासका ३२ बर्षीय महेश कार्की र २० बर्षीय मनोज भुजेल घाइते हुनु भएको छ ।
जङ्गलमा काठ लिन जाँदै गर्दा कार्की र भुजेललाई बाटोमा भालुले आक्रमण गरेको स्थानीय गौसल कार्कीले जानकारी दिनुभयो ।
घाइते कार्कीको ढाँड, तिघ्रा र भुजेलको गर्धनमा गहिरो चोट लागेको छ ।
घाइते दुबै जनालाई जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।