सोलुखुम्बुमा ६ दर्जन बढी नेता कार्यकर्ता काङ्ग्रेसमा


सोलुखुम्बु । तत्कालीन नेकपा एमाले अर्थात हालको नेकपाका करिब छ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–८ केरुङको मेराङ्दीका रुफ फर लाइफका निर्देशक कुसाङ् तामाङ, संघीय समाजवादीका भक्तबहादुर गुरुङ सहित ७७ जना नेपाली काँग्रेसमा प्रवेश गरेको स्थानीय काँग्रेस नेता मनबहादुर थापा मगरले जानकारी दिनुभयो ।

नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले सदस्यता दिएर उनीहरुलाई काँग्रेसमा प्रवेश गराउनुभएको हो । नवप्रवेशीलाई स्वागत गर्दै मेयर शेर्पाले काँग्रेसप्रति विश्वास गरी नयाँ सदस्य थपिने क्रमले संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस नेता कुलध्वज मगरको सभापतित्वमा भएको कार्यक्रममा नवप्रवेशीहरुले आफूले त्यागेको दलले जनभावना विपरीत काम गर्न थालेको, जनताको मतको कदर नगरेकोले काँग्रेसमा प्रवेश गरेको बताएका छन् । यति धेरै जनमत पाएको नेकपा सरकारले जनमतको दुरुपयोग गर्दै भ्रष्टचारलाई प्रश्रय दिन लागिपरको उनीहरुको आरोप छ ।

कार्यक्रममा नगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्यहरु गान्धीमाया तामाङ, सरिता राई, महिला नेतृ टंकीमाया बस्नेत, विनिता मगरलगायत स्थानीय काँग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार