थुलुङ दुधकोशी गाउपालिकाले बाहिरी जिल्लाबाट भित्रने नागरिक अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।
आईतबार गाउपालिका अध्यक्ष अशिम थुलुङको अध्यक्षतामा बसेको गाँउकार्यपालिकाको बैठकले वडाको निगरानीमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो । साथै बैठकले पालिका अन्तर्गतका सम्पूर्ण स्थानीय बजार बन्द गर्नुका साथै यस वर्ष देउसी भैलो जस्ता कार्यक्रमहरु गर्न नपाईने निर्णय गरेको गाँउपालिकाका प्रवक्ता भुपाल सिं राईले जानकारी दिए ।
प्रवक्ता राईका अनुसार म्याद गुज्रिएका खाद्यबस्त, र गुणस्तरहीन मदिरा साथै सुर्तीजन्य बस्तुहरुको बिक्रीवितरण गर्न नपाईने भएको छ । चाडपर्व नजिकिएसंगै अपराधिक गतिविधि हुने भएकाले गाँउपालिकाभित्र जुवातास खेल्न र खेलाउन नपाईने निर्णय गरिएको जनाईएको छ ।