समाजसेवी तथा कांग्रेस नेता शेर्पाद्वारा स्वास्थ्य सामग्री वितरण

सोलुखुम्बु। समाजसेवी तथा नेपाली काँग्रेसका नेता सनम शेर्पाले खुम्बुपासाङल्हामु गाउँपालिकामा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

युवा पर्यटन व्यवसायी तथा टानका केन्द्रिय सदस्य शेर्पाले  स्यानिटाइजर र माक्स वितरण गर्नु भएको हो। उहाँले करिब साढे तीन सय स्यानिटाईजर र सात हजार माक्स खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ र ३ का विभिन्न क्लब, गुम्बा, महिला समूहलाई वितरण गर्नु भएको छ ।

यसका साथै सुर्के गुम्बा, क्योङमा गुम्बा, घाट माने र दिक्षा मानेलाई गरी ८५ हजार रुपैयाँ, छोप्लुङ महिला समूहलाई १० हजार रुपैयाँ र चौरिखर्क महिला समूहलाई ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ भने  फरि युवा समुहको खेलमैदान बनाउनका लागि १५ हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

महामारीको सामना गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै उहाँले आफूले सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। एक अर्कामा सहयोग गरेर मात्र महामारीसँग लड्न सक्ने उहाँको भनाइ छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार